News
इन्टर स्कुल फाईभ ए साईड फुटसल हुने
किर्तिपुर । टिम आर्टरीजको आयोजनामा आउँदो भदौ २० र २१ गतेका दिन दोस्रो टिम आर्टरीज इन्टर स्कुल फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आयोजकले आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।
किर्तिपुर स्थित इलिट फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक स्कुले टोलीहरुका लागि भदौ १६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको पनि आयोजकले जनाएको छ ।
लिग सिस्टमका आधारमा हुने दुई दिने प्रतियोगिताको विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि