काठमाडौं । शुक्रबारदेखि शुरु ऐतिहासिक यु–१६ ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबमाथि २–१ को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा पुलिसको जितमा रन्जित लामा र राजु दर्जीले गोल गरे । पराजित मनाङका लागि दर्शन अधिकारीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारी र अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तरगत असार ३० गते शनिबार एन्फा कम्प्लेक्स, सल्लाघारी र च्यासल स्टेडियममा गरी तीन स्थानमा चार खेलहरु हुनेछन् ।
प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । साथै प्रतियोगिता प्रत्येक सप्ताहन्तमा हुने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न