News
लामाको सुबेदारमा पदोन्नती
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका पूर्व मिडफिल्डर दिप लामा सेनाको सुबेदार पदमा बढुवा भएका छन् । लामाको पदोन्नतीबारे आर्मी क्लबले आधिकारिक रुपमा समेत पुष्टी गरेको छ ।
लामो समय त्रिभुवन आर्मी फुटबल क्लबको महत्वपूर्ण र नियमित सदस्यका रुपमा रहेर टोलीका लागि विभिन्न उपाधि समेत जितेका लामाले केही वर्ष फुटबलबाट टाढा रहेर शान्ती मिसनमा पनि सहभागि भएका थिए ।
हाल त्रिभुवन आर्मी फुटबल क्लबको महिला टोलीको व्यवस्थापकको जिम्मेवारी सम्हालिरहेका लामाले पदोन्नति भएसँगै खुशी र उत्साहका साथ जिम्मेवारी पनि थपिएको बताए । साथै देश र खेलकुदका लागि अझै आफूले धेरै गर्न बाँकी रहेको बताउँदै त्यसका लागि आफू सधै प्रयासरत रहने पनि प्रतिक्रिया दिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न