News
नेपालको रंगशालामा पहिलोपटक 'वाटर होज'को प्रयोग

पोखरा । नेपालको रंगशालामा पहिलोपटक आधुनिक प्रविधिका रुपमा मैदानमा पानी हाल्नका लागि स्वचालित वाटर होजको प्रयोग गरिएको छ ।
हाल अझै निर्माणाधिन अवस्थामा रहेको पोखरा रंगशालामा पहिलोपटक वाटर होज जडान गरिएको हो । रिपोर्टअनुसार रंगशालामा सात वटा वाटर होज जडान गरिएको छ । जसले रंगशालाको मैदानमा चारैतिरबाट स्वचालित रुपमै प्रर्याप्त पानी छर्कन सहज बन्नेछ ।
वाटर होज प्रयोग गर्दा समय र श्रम दुवैको बचत हुनेछ । उक्त वाटर होजका लागि ७० लाख खर्च गरेर भारतबाट ल्याइएको बताइएको छ । स्मरण रहोस, नेपाल सरकारले पोखरा रंगशाला निर्माणका लागि १२५ करोड खर्च गर्दैछ । रंगशालाको दर्शक क्षममता भने १८ हजार रहनेछ ।
भिडियो रिपोर्ट पनि हेर्नुहोस् ।
Post Comments