News
सिर्जनशील कप यु–१९ फुटसल साउन दोस्रो साता
काठमाडौं । सिर्जनशील युथ क्लबको आयोजना आउँदो साउन १२ गते सिर्जनशील कप यु–१९ नकआउट फुटसल प्रतियोगिता हुने भएको छ । टोखा स्थित द गेम फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि तिव्र पारिएको आयोजक क्लबका सुमन खत्रीले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि साउन १० गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको आयोजक क्लब कै अर्का सदस्य दिनेश लम्सालले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त आयोजक क्लबका प्रचार प्रसार संयोजक सुदिप कटवालले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको कटवालले बताए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि