News
प्रथम हिमालयन फुटसल कप साउन तेस्रो साता
काठमाडौं । हिमालयन फुटबल क्लबको आयोजनामा आगामी साउन १८ र १९ गतेका दिन प्रथम हिमालयन फुटसल कप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगिताको टिमदर्ता साउन १५ गतेसम्म खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ७,७७७ रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको फेयर प्ले टिमलाई ११,१११ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५,५५५/५,५५५ रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न