News
इरान र दक्षिण कोरिया सेमिफाइनलमा

काठमाडौं । दुई पूर्व विजेता इरान र दक्षिण कोरिया जारी एएफसी यु–१७ एसियन कपको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।
थम्मसत स्टेडियममा भएको पहिलो क्वाटरफाइनलतर्फ इरानले यमनमाथि टाईब्रेकरमा संघर्षपुर्ण जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने इरानले यमनमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
त्यस्तै पाथुम थानी स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा दक्षिण कोरियाले आयोजक थाइल्याण्डमाथि ४–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध