काठमाडौं । वेल्स क्लब न्युपोर्ट काउन्टी एएफसीका किबन राई इङलिस फुटबलमा व्यवसायीक सम्झौता गर्ने नेपाली मूलका पहिलो पुरुष फुटबल खेलाडी बनेका छन् । १८ वर्षिय युवा मिडफिल्डर किबनले आइतबार मात्र क्लबसँग पहिलो व्यवसायीक सम्झौता गरेका हुन् ।
न्युपोर्टले हाल इङलिस फुटबल लिग टु मा प्रतिस्पर्धा गरिरहेको छ । जुन इङलिस फुटबलको चौथो डिभिजनको लिग फुटबल प्रतियोगिता समेत हो । न्युपोर्टको युथ एकेडेमी कै उत्पादन समेत रहेका किबनले गत मार्चमा सालफोर्ड सिटी विरुद्ध खेल्दै क्लबको सिनियर टिममा डेब्यु गरेका थिए ।
वेल्सको ब्रेकन सिटीमा जन्मिएका किबन १५ वर्षको उमेरदेखि न्युपोर्ट काउन्टी एएफसीमा आवद्ध छन् । क्लबसँग व्यवसायीक सम्झौता गरेपछि किबनले खुशी व्यक्त गर्दै क्लबमा आउने दिनहरुका लागि थप उत्साहित रहेको प्रतिक्रिया दिए । साथै उनको यो उपलब्धीले अन्य नेपाली मूलका खेलाडी तथा नेपाली युवा खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
स्मरण रहोस, इङलिस फुटबलमा व्यवसायीक सम्झौता गर्ने नेपाली मूलकी पहिलो महिला खेलाडी भने अस्मिता आले रहेकी छिन् । हाल टोटेनह्याम हट्सपुरका लागि खेलिरहेकी अस्मिताले त्यसअघि एस्टन भिल्लासँग पहिलो व्यवसायीक सम्झौता गरेकी थिईन् । अस्मिताले इङल्याण्डको राष्ट्रिय युथ टोलीबाट समेत खेलिसकेकी छिन् ।
- एन पेनाङ एफसीले आशिष राईका लागि करिब १२ लाख रुपैयाँ जुटायो
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा