काठमाडौं । नेपाल पुलिस स्कुल र ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनलमा ल्याब्रोटरी मा.बि.लाई २—१ ले पराजित गर्दै ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल फाईनलमा पुग्न सफल भएको हो । ग्रिन भिलेजका लागि गोविन्द सिंहले द्वै गोल गरे भने ल्याब्रोटरी मा.बि. का तर्फबाट रमेश के.सी.ले एक मात्र सान्त्वना गोल फर्काए ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा हारती शिक्षा मन्दिरलाई २—० को गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुलले फाईनलको यात्रा तय गर्यो । नेपाल पुलिस स्कुलको तर्फबाट सन्देश तामाङ्गले एक गोल गरे भने थप एक गोल विपक्षीले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
नेपाल एपिएफ स्कुलको आयोजनामा जारी प्रतियोगिता अन्तरगत अब उपाधिका लागि नेपाल पुलिस स्कुल र ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल यहि फागुन ८ गते बिहीबार फाइनलमा भिड्ने खेल संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै