News
छैठौं एसइइ फुटसल च्याम्पियनसिप असार पहिलो सातादेखि
काठमाडौं । क्याम्पियन एकेडेमीको आयोजनामा आउँदो असार ८ देखि १० गतेसम्म छैठौं एसइइ फुटसल च्याम्पियनसिप हुने भएको छ । लगनखेल स्थित क्याम्पियन फुटसलमा हुने प्रतियोगितामा यस वर्ष एसइइ दिएका खेलाडीहरुले मात्र खेल्न पाउने आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगितामा सहभागिताका लागि असार ५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै इच्छुक टोलीहरुले टिमदर्ता शुल्क ३ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।
सिजी ऐजुकेशनको व्यवस्थापनमा हुन गईरहेको तीन दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि