काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपालको यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले शुक्रबार फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत समूह बी मा परेको नेपालले बलियो आयोजक म्यानमार, चीन र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल ६ जुनका दिन म्यानमारसँग खेल्नेछ । त्यस्तै ८ जुनका दिन चीन र १० जुनका लागि चाइनिज ताइपेईसँग खेल्नेछ ।
समूहको शिर्ष दूई टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् । त्यस्तै समूह ए मा भने अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । समूह ए का खेलहरु भियतनाममा हुनेछ ।
नेपाल यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः कबिता बिक, लिला जोशी, साबित्री किसन
डिफेन्डर्सः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिमरन राई, दिप्या यसमाली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर्सः सरस्वती हमाल, मनमाया दमै, सुनकला राई, दिपा शाही, हिमा रावत, सुस्मा जिटी, अन्जली मचामसी, सारा बज्राचार्य
फरवार्डसः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट