बुटवल । पार्टी इभेन्ट बुटवलको आयोजनामा प्रथम खुला फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । जानकीनगर स्थित मोनालिसा फुटसलमा जारी प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समिकरण पूरा भएका छन् ।
सेमिफाइनलतर्फ युनिक फुटसल र एम्मा एफसी तथा इन्टर स्पोर्टस विरुद्ध माछापुच्छ्रे भिड्ने खेल संयोजक बारिश रानाले जानकारी दिए । संयोजका रानाका अनुसार सेमिफाइनल खेलहरु बैशाख २३ गते शनिबारका दिन हुनेछन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी पश्चिमाञ्चल यातायात व्यवसायी समिति, रुपन्देहीका उपाध्यक्ष गणेश घिमिरले गरेका थिए ।
लाफा समूह, बुटवलको समन्वयमा जारी दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलई पनि उचित पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक बारिश रानाले बताए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि