News
अन्जिलाको टोली सेथुको उत्कृष्ट शुरुवात
काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु एफसीले जारी हिरो इण्डियन वुमन्स लिगमा शानदार जितका साथ सिजनको शुरुवात गरेको छ ।
लिग अन्तरगत समूह बी मा रहेको सेथुले शुक्रबार आफ्नो पहिलो खेलमा चर्चिल ब्रदर्श फुटबल क्लबमाथि ६–० को फराकिलो जित निकाल्यो । सेथुको जितमा काजल डि’सुजाले ह्याट्रिकसहित चार गोल गरिन् । त्यस्तै आइभी फैथ एटिनो र सुनिता मुन्डाले थप एक–एक गोल गरिन् ।
खेलमा अन्जिलाले पहिलो रोजाई मै रहेर गोलपोष्टको जिम्मेवारी सम्हालेकी थिईन् । र लिगको पहिलो खेलमै क्लिन शिट हात पार्न पनि सफल भईन् ।
स्मरण रहोस, सेथुले सन् २०१८–१९ को सिजनमा लिग उपाधि जितेको थियो भने सन् २०२१–२२ को सिजनमा उपविजेता समेत बनेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल