News थ्रीस्टार र मनाङको ‘क्लासिको’ भिडन्त बराबरीमा सकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ घरेलु फुटबलका दुई परस्पर प्रतिद्वन्द्वी थ्ीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको ‘क्लासिको’ म्याच रोमाञ्चक बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेल नाटकीय रुपमा १–१ को बराबरीमा सकिएको हो ।

खेलमा भएका दुवै गोल अन्तिमतिर सम्भव भएका थिए । करिब सात वर्षपछि थ्रीस्टार फर्किएका चर्चित फरवार्ड सन्तोष साहुखलले ७८औं मिनटमा क्लबका लागि पहिलो गोल गरेका थिए । यद्यपि पाटने क्लबले त्यो अग्रता अन्तिमसम्म जोगाउन सकेन ।

यस सिजन राम्रो लयमा देखिएका मनाङका टिमोथी कुडुले ८४औं मिनटमा बराबरी गोल गर्दै मनाङको सम्भावित हार टारेका थिए भने थ्रीस्टारलाई बराबरी खेल्दै अंक बाँड्न बाध्य भएका थिए ।

खेलमा थ्रीस्टारका सन्तोष साहुखल म्यान अफ द म्याच चुनिए ।यो नतिजापछि ७ खेलबाट १५ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लेको छ । उता थ्रीस्टार भने ११ अंकका साथ छैठौं स्थानमा छ ।

Post Comments