News दोस्रो भूपू सैनिक भेट्रान कप शुरु, आयोजकको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । भूपू सैनिजक जबई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, रुपन्देहीको आयोजनामा आइतबारदेखि दोस्रो भूपू सैनिक भेट्रान कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–१३ सालघारी स्थित आयोजक कै जबई खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक भूपू सैनिक भेट्रान (ए) ले विजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा भूपूले भलुही भेट्रान, देवदहलाई शून्यका विरुद्ध ४ गोलले हरायो ।

यो जितसँगै आयोजक भूपू प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा भूपू सैनिकका दल बहादुर क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल–१३ का वार्ड अध्यक्ष तथा युवा नेता नारायण पुनले गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष गोपीराम पुन, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतका अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

क्लबको स्थापना दिवस र नेपाली नयाँ वर्षको अवसर पारी आयोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments