News चोटिल छिरिङ खतरामुक्त
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार दशरथ रंगशालामा आफ्नै टिममेट पुजन उपरकोटीसँग ठोक्किदा अचेत बन्न पुगेको मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर छिरिङ गुरुङ खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ ।

क्लबका फिजियो सुरज भुसालका अनुसार छिरिङको अवस्था खतरामुक्त देखिए तापनि आश्वस्त हुन उनको नाकको एक्सरे र टाउकोको सिटी स्क्यान गरिने बताएका छन् । त्यो रिपोर्ट आएपछि नै थप बुझ्न र भन्न सकिने उनले बताए ।

स्मरण रहोस, लिगतर्फ आइतबार सो खेलमा मच्छिन्द्रले लिगको दोस्रो जित दर्ता गर्ने क्रममा संकटालाई २–१ ले हराएको थियो । यद्यपि खेलको इन्जुरी समयमा छिरिङ चोटिल बन्दा मच्छिन्द्रको त्यो जितको खुशी केही फिक्का बनेको थियो ।

Post Comments