भैरहवा । देवदह ब्वाईज, ढेकावर जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा देवदहले भैरव एफसी, नयाँगाउँलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा देवदहका लागि तीनै गोल सुरज सुनारले गरे । ह्याट्रिककर्ता सुरज नै खेलको म्यान अफ द म्याच चुनिए ।
त्यसक्रममा खेलको दोस्रो हाफ केहैबेर तनावपूर्ण बनेको थियो । रेफ्रीले भैरवका खेलाडीलाई हातपात गरेको भन्दै मैदानमै झडप हुँदा खेल बिथोलिएको थियो । यद्यपि केही समय पश्चात खेल पूनः सुचारु भए पनि भैरव खेलमा फर्कन सकेन ।
अब देवदहले फाइनलमा चैत २७ गते सोमबारका दिन लुम्बिनी ज्ञानज्योति क्लब, सियारीसँग उपाधि लागि भिड्नेछ ।
माछापुच्छ्रे क्लब, पक्लिहवा, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने