News
ओलम्पिक छनौटः भियतनामसँग नेपाल निराश
काठमाडौं । पेरिस ओलम्पिकको महिला फुटबलतर्फ एसियाली छनौटमा पहिलो चरणको आफ्नो पहिलो खेलमा नेपालले निराशाजनक हार बेहोरेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले बलियो भियतनामसँग १–५ को हार बेहोरेको हो ।
नेपालले पहिलो हाफ मै तीन गोल खाएको थियो । जसमा अमृता जैशीको एक आत्मघाती गोल पनि थियो । थप दुई गोल भने नेपालले दोस्रो हाफमा खाएको थियो । उता नेपालका लागि एक मात्र गोल ७९औं मिनटमा साबित्रा भण्डारीले फर्काएकी थिईन् । तर टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।
यो हारसागै नेपालको दोस्रा चरणमा प्रवेश गर्ने सम्भावना कठिन बनेको छ । नेपाल र भियतनामबीचको दोस्रो खेल आउँदो शनिबार हुनेछ । जुन खेलमा नेपालले दोस्रो चरणमा प्रवेश गर्नका लागि फराकिलो अन्तरको जित र उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट