काठमाडौं । ‘भुटानी रोनाल्डो’ को उपनामले परिचित र चर्चित भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेन आधिकारिक रुपमा नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबमा आवद्ध हुने भएका छन् । केही दिन अघिदेखि विभिन्न सञ्चारमाध्यमहरुमा पनि चेन्चो मच्छिन्द्रमा आवद्ध भएको कुरा बाहिरिएको थियो ।
अहिले आएर गोलनेपाललाई पनि चेन्चोको मच्छिन्द्र स्थानान्तरणबारे आधिकारिक रुपमा जानकारी प्राप्त भएको छ । हाल जारी प्रधानमन्त्री थ्री नेशन्स कपको समापनपछि मच्छिन्द्रले चेन्चोलाई सार्वजनिक गर्ने योजना बनाएको पनि बताइएको छ ।
चेन्चो र मच्छिन्द्रबीच भएको सम्झौताबारे विस्तृत रुपमा नखुलाइए तापनि उनलाई मच्छिन्द्रले महँगो रकममा अनुवन्ध गरेको बुझिएको छ । मच्छिन्द्रका नियमित कप्तान सुजल श्रेष्ठ, तथा डिफेन्डर रञ्जित धिमाल भर्खरै विदेश पलायन भएको अवस्थामा चेन्चोको आवगमनले क्लबलाई केही राहत भने मिलेको छ ।
भारत, भुटान, थाईल्याण्ड लगायतका देशहरुमा व्यवसायीक फुटबल खेलिसकेका २६ वर्षिय चेन्चोले भर्खरै सम्पन्न आई लिगमा राउण्डग्लास पञ्जाब एफसीका लागि खेल्दै क्लबलाई लिग च्याम्पियन पनि बनाएका थिए । भुटानको कप्तान समेत रहेका चेन्चोले चर्चित इण्डियन सुपर लिगतर्फ केरला ब्लास्टर्स र बैंगलुरु एफसीजस्ता क्लबबाट पनि खेलिसकेका छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै