
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ दोस्रो चरणको प्रतियोगितामा नेपालले चीन, म्यानमार र चाइनिज ताइपेइले प्रतिद्वन्द्वीका रुपमा पाएको छ । बिहीबार निकालिएको ड्र अनुसार समूह बी मा परेको नेपालले फाइनल चरणमा स्थान बनाउन यी तीन टोलीहरु विरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ ।
स्मरण रहोस, छनौट प्रतियोगितातर्फ पहिलो चरणमा पनि समूह बी मै परेको नेपालले प्यालेस्टाईन र नर्दन मारियाना आइल्याण्डलाई हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो । दोस्रो चरणमा पुग्ने नेपाल दक्षिण एसियाको एक्लो टोली समेत हो ।
दोस्रो चरणमा रहेका कुल ८ टोलीहरुले दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा भने अष्ट्रेलिया, लेबनान, भियतनाम र इरान रहेका छन् । दुई समूहको शिर्ष दुई टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् ।
फाइनल चरणमा आयोजक उज्वेकिस्तानसँगै शिर्ष वरियताका तीन टोली जापान, उत्तर कोरिया र दक्षिण कोरियाले यसअघि नै स्थान बनाईसकेका छन् ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध