
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा आठराई गाउँपालिकाको ए टिम र फेदाप खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको दुवै पहिलो र दोस्रो सेमिफाइनल खेलबाट दुवै टोली उपाधि नजिक पुगेका हुन् । आज भएको पहिलो सेमिफाइनल खेलमा प्रगतिशील तमु युवा समूह ह्वाकुलाई २-१ गोलले पराजित गर्दै फेदाप फाइनलमा पुगेको हो । फेदापका लागि निशान लिम्बूले पहिलो हाफको १७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ६ मिनेटमा सुमन लिम्बूले गोल गर्दै फेदापको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन ६ मिनेट बाँकी रहँदा ह्वाकुका लागि मनोज बुढाथोकीले एक गोल फर्काए ।
यसैगरी, अन्तिम सेमिफाइनल खेलमा नव कोपिला युवा क्लबलाई १-० गोलले पराजित गर्दै आठराई गाउँपालिकाको ए टिमले फाइनलमा स्थान सुरक्षित गर्यो । उपाधिको दाबेदार टोली नव कोपिला युवा क्लबलाई हराउन आठराई गाउापालिकाका सुनिल चोङबाङले खेलको १३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो