
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप महिला फुटबल प्रतियोगितामा पोखरी मावि छाते र फेदाप खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा फेदापले आयोजक टोलीलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उपाधिको दाबेदार मानिएको फेदापका लागि कप्तान सेमी हाङ्मा लिम्बूले १७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै, दोस्रो हाफको अन्तिम मिनेटमा पुर्णिमा राईले गोल गर्दै फेदापको अग्रता दोब्बर बनाएकी थिइन् ।
यसैगरी, अन्तिम सेमिफाइनल खेलमा निघुरादिन स्पोर्टिङलाई १-० गोलले पराजित गर्दै पोखरी मावि छातेले फाइनलमा स्थान सुरक्षित गर्यो । खेलको १९औँ मिनेटमा फ्रिकिकमार्फत छातेकी जमुना खवासले गोल गरेर फाइनल यात्रा तय गरिदिएकी हुन् ।
रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो