
काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग आयोजना हुने खेलस्थल मध्ये एक च्यासल स्टेडियमको विधिवत रुपमा उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दहाललले स्टेडियममको उद्घाटन गरे ।
स्टेडियमको निर्माण पहिल्यै सम्पन्न भई सके तापनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राखेपसँग हालै मात्र च्यासल स्टेडियम लिगका लागि प्रयोग गर्न दिन पत्राचारसहित अनुरोध गरेको थियो । राखेपको स्वीकृति प्राप्त भएसँगै लिग आयोजनाका लागि स्टेडियममा आवश्यक तयारी शुरु गरिएको थियो ।
पहिलोपटक लिग आयोजना गर्न गईरहेको च्यासल स्टेडियममा फागुन २० गतेका दिन नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड क्लबबीचको खेल हुनेछ । यद्यपि लिग भने फागुन १९ गतेदेखि शुरु हुने कार्यक्रम छ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नव आगन्तुक टोली खुमलटार युथ क्लब र फ्रेण्डस क्लब भिड्ने छन् ।
स्मरण रहोस, एन्फाले लिगको शुरुवाती पाँच चरणको खेलतालिका सार्वजनिक गरिसकेको छ । डबल राउण्ड रोबिनका आधारमा हुने लिगका खेलहरु च्यासल र दशरथ रंगशालासँगै सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै