News
महिला फुटबलको ओलम्पिक छनौट नेपाल मै हुने
काठमाडौं । सनु २०२४ मा फ्रान्सको पेरिस शहरमा हुने ओलम्पिकको महिला फुटबलतर्फ एसियाली छनौटको आफ्नो समूहको खेलहरु नेपालले आयोजना गर्ने भएको छ । छनौट प्रतियोगिता अन्तरगत समूह सी मा रहेको नेपालसँगै भियतनाम, अफगानिस्तान र प्यालेस्टाईन छन् ।
नेपालले महिला फुटबलतर्फ ओलम्पिक छनौट प्रतियोगिताको आयोजना अधिकार पहिलोपटक पाएको हो । नेपालले आयोजना अधिकार पाएको छनौट प्रतियोगिता आउँदो चैत महिनामा हुने कार्यक्रम छ ।
आयोजना अधिकारबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले पुष्टी गरेका छन् । यसअघि छनौट प्रतियोगिता तटस्थ मैदानमा गर्ने एएफसीले बताए तापनि एन्फाले नेपालमा आयोजना गर्नका लागि एएफसीसँग प्रस्ताव गरेको थियो । सोही अनुरुप नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको महासचिव राईले बताए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै