काठमाडौं । यहाँ जारी प्रतिष्ठित १३औं खुम्बु ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा ठमिछोवा फुटबल क्लब र नाम्चे युवा क्लब भिड्ने भएका छन् । सानोगौचरणस्थित खेल मैदानमा शुक्रबार भएको सेमिफाइनलबाट फाइनलका यि दुई टिम फाइनलमा पुगेका हुन्।
शुक्रबारको खेलमा नाम्चे युवा क्लबले र जुभिङ शेर्पा कुदिकलाई ३–२ गोलअन्तरले हराउदै फाइनलमा प्रवेश गरेको हो। खेलमा नाम्चे युवा क्लबका निमा टासी शेर्पा म्यान अफ द म्याच घोषित भए।
ठमिछोवा फुटबल क्लब भने बिहीबारको खेलमा जुभिङ शेर्पा कुदिकलाई १–० ले हराएर फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै शनिबारको तेस्रो स्थानको लागि आमाडब्लम युवा क्लब र जुभिङ शेर्पा कुदिकबीच खेल हुँदैछ।
शेर्पा समुदायको महान चाड ल्होसार अर्थात नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको १३औँ खुम्बु ल्होसार कप गत शनिबार देखि सुरु भएको हो। काठमाडौँको ज्ञानेश्वरस्थित सानोगौचरण खेलकुद मैदान हुने प्रयोगिताक विशेष समाराह बीच उद्घाटन गरेको थियो। उद्घाटन समारोहमा ठूल्श्यीक याङसी रिन्पोछे जिग्मे ठिन्ले कुन्ख्याबको प्रमुख आतिथ्य रहेको थियो।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका तथा खुम्बु क्षेत्रका विभिन्न गाउँमा जन्मिएर हाल देश तथा विदेशका विभिन्न ठाउँमा अध्ययन र कर्म गर्ने साथै खेलकुदमा रुचि राख्ने युवा पुस्ताको खेलकुदकोप्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित प्रतियोगिताका आयोजना गर्दै आएको हो।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै