News फोर ब्रदर्श क्वाटरफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । फोर ब्रदर्श क्लब, नवलपरासी जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फोर ब्रदर्शले प्रिक्वाटरफाइनलतर्फ सञ्जिवनी युवा क्लब, बागधुरा, देवीनगरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने फोर ब्रदर्शले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा फोर ब्रदर्शका सदिप केसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन २ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र माउण्ट स्टार क्लब, बुटवलबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments