
बागधुरा । सहज जितका साथ देवदह ब्वाईज यहाँ जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
तिलोत्तमा–१४ बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको अन्तिम प्रिक्वाटरफाइनलमा देवदहले झरना स्पोर्टस कलबमाथि ५–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा देवदह ब्वाईजका निर बहादुर थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ २४ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र डिएमसीबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन केसी (हापु) ले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो फागुन २ गतेका दिन हुनेछ ।