
काठमाडौं (एजेन्सी) । अरब राष्ट्रहरुबीच हुने प्रतिष्ठित गल्फ कपको २५औं संस्करण इराकमा शुरु भएको छ । प्रतियोगिताको शुरुवाती दुई दिनको खेलहरुमा साविक विजेता बहराईनसँगै, साउदी अरब र कतारले विजयी शुरुवात गरेका छन् ।
समूह ए मा रहेको साउदीले यमनमाथि २–० को जित निकाल्यो । सोही समूहको अर्को खेलमा आयोजक इराक र ओमानले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
त्यस्तै समूह बी तर्फ साविक विजेता बहराईनले युएईमाथि २–१ को जित निकाल्यो । अर्को खेलमा कतारले कुवेतलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्यो ।
प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल जनवरी १९ तारीखका दिन बसरा स्थित बसरा इन्टरनेशनल स्टेडियममा हुनेछ ।
कुवेत प्रतियोगिताको सर्वाधिक सफल टोली हो । कुवेतले हालसम्म सर्वाधिक १० पटक गल्फ कपको उपाधि जितेको थियो । दोस्रो स्थानमा भने साउदी अरब रहेको छ । साउदीले कुल तीनपटक गल्फ कपको उपाधि जितेको छ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध