News
जलथल फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने

कनकाई । जलथल फुटबल क्लब यहाँ जारी हर्क राई स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ जलथलले पथरी एफसीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि कनकाई नगरपालिका–२ स्थित जामनुखाडी प्राकृतिक रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जलथलका गोलरक्षक समिर लिम्बु म्यान अफ द म्याच चुनिए ।
जलथलले अब उपाधिका लागि पौष ९ गते शनिबारका दिन फाइनलमा एपिएफ पकलीको सामना गर्ने प्रचार प्रसार संयोजक सागर गिरीले जानकारी दिए ।
जामनुखाडी स्र्पोटिङ क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments