
पोखराको भण्डारढिकमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप लिग फुटबलमा कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लबले शनिवार भएको आफ्नो तेस्रो खेलमा लम्जुङको प्रतिनिधित्व गरेको टि.वाइ.सि. क्लबलाई १–० को झिनो गोल अन्तरले हराउँदै आफ्नो अपराजित यात्रा काय राखेको हो ।
खेलको २१ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै कास्कीलाई जित दिलाए ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भएको प्रतियोगितामा तनहुँको भीमाद युथ क्लबले नवलपुरको गौडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले पराजित गर्यो । जित सँगै तनहुँ पनि सेमिफाईनलमा प्रवेश गरेको छ ।
खेलमा तनहुँको तर्फबाट बिमल घिमिरेले ५१ औं मिनेटमा गोल गरेका थिए । भने सबिन थापाले तनहुँको तर्फबाट खेलको ६७ औं मिनेटमा गोल हानेका थिए । नवलपुरको तर्फबाट ४ औँ मिनेटमा आषिस महोत्तोले गोल गरेका थिए ।
अर्को खेलमा स्याङ्जाले म्याग्दीलाई १–० गोलले पराजित गरेको छ । स्याङ्जको तर्फबाट खेलको १८ औं मिनेटमा विशाल मल्लले गोल गरेका हुन ।
प्रतियोगिता अन्र्तगत आइतबार पहिलो खेल बाग्लुङ् र म्याग्दी बिच हुने छ । दोस्रो खेल गोर्खा र मनाङ बिच हुने छ । अन्तिम खेल स्याङ्जा र तनहुँ बिच हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड