काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौटमा नेपालले लगातार दोस्रो हार बेहोर्दै छनौट प्रतियोगितामा एक खेल्न बाँकी छँद्र प्रतियोगिताबाट बाहिरिएको छ । समूह एफमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार घरेलु टोली भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भयो ।
आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले निराश बनेको नेपालका लागि यो फराकिलो हारले छनौट प्रतियोगिताको सम्भावना एक खेल अगावै समाप्त भएको हो । शुक्रबार नै भएको पहिलो खेलमा थाईल्याण्डले पनि लगातार दोस्रो जित निकाल्दै क्रममा चाइनिज ताइपेईलाई ३–१ ले हरायो ।
छनौट प्रतियोगितामा ताइपेईको पनि यो लगातार दोस्रो हार हो । ताइपेईले आफ्नो पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको थियो । यो हारसँगै छनौट प्रतियोगिताबाट ताइपेईको सम्भावना पनि समाप्त भएको छ ।
समूह एफबाट फाइनल चरणका लागि छनौट हुने टोलीको छिनोफानो आइतबार हुने थाइल्याण्ड र भियतनामबीचको खेलबाट लाग्नेछ । त्यस्तै सोही दिन नेपाल र चाइनिज ताइपेई पनि भिड्ने छन् । जुन दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट