काठमाडौं । भियतनाममा बुधबारदेखि शुरु एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपालले आफ्नो पहिलो खेलमा हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ ।
छनौट प्रतियोगितातर्फ समूह एफमा रहेको नेपालले बुधबार आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित हुन पुग्यो । थाइल्याण्डको जितमा टोनतवाना पुनातामुनेले ३५ र ६५औं मिनटमा दुई गोल गरे भने थप एक गोल ७८औं मिनटमा थानाकृत जम्पालीले गरे ।
खेलपश्चात नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले समग्रमा नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । पहिलो हाफमा आफ्नै गल्तीका कारण गोल खान पुगेको बताए । दोस्रो हाफमा नेपाली टोलीले लय गुमाउन पुगेको पनि प्रतिक्रिया दिए । त्यस्तै उनले रेफ्रीको निर्णयप्रति पनि असन्तुष्टी पोखे । प्रशिक्षक श्रेष्ठका अनुसार रेफ्रीले धेरैजसो निर्णयहरु थाईल्याण्डको पक्षमा दिएको गुनासो गरे ।
स्मरण रहोस, नेपालले आफ्नो आगामी खेल शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । भियतनामले बुधबार नै भएको दोस्रो खेलमा चाइनिज ताईपेई विरुद्ध ४–० को प्रभावशाली जित निकालेको थियो ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट