News
एभनिरलाई नारदमुनी थुलुङ स्मृति गोल्डकपको उपाधि

बसाहा । आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकपको उपाधि एभनिर एफसी, क्यामरुनले जितेको छ । आइतबार भएको फाइनल भिडन्तमा एभनिरले चारतारे फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
त्यसअघि नारदमुनी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । विजेता बनेको एभनिरले उपाधिसहित ४ लाख हात पार्यो भने चारतारेले २ लाखमा चित्त बुझायो ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राई, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान तामाङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
बसाहा क्लब, उदयपुरको आयोजनामा असोज ९ गतेदेखि शुरु प्रतियोगितामा एक विदेशी टोलीसहित कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments