News
लुम्बिनी प्रदेशलाई चौथो राजधानी कपको उपाधि
धनगढी । चौथो सुदुरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा लुम्बिनीले कर्णाली प्रदेशलाई पेनाल्टी शुटआउटमा ९–८ ले हराउँदै च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
विजेता बनेको लुम्बिनी प्रदेशले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता कर्णाली प्रदेशले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।
पि.एफ.ए. स्पोर्टस क्लब, गोदावरी–२, अत्तरिया, कैलालीको आयोजनामा असोज ८ गतेदेखि शुरु प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमको दुई टोली गरी सातै प्रदेशका कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा