News
भुटानमाथि कतारको सहज जित
काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको बलियो कतारले भुटानमाथि सहज र फराकिलो जित हात पारेको छ । बहराइनी शहर अरद स्थित अल मुहरक स्टेडियममा बुधबार राती सम्पन्न खेलमा कतारले भुटानलाई ६–० ले हराएको हो ।
छनौट प्रतियोगितामा कतारको यो लगातार दोस्रो जित समेत हो । यसअघि कतारले आफ्नो पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा नेपालमाथि २–० को सनसनीपूर्ण जित निकालेको थियो ।
यो जितपछि २ खेलबाट ६ अंक जोडेको कतार समूह बी को शिर्ष स्थानमा छ । त्यस्तै ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ भने ३ अंकका साथ भुटान तेस्रो स्थानमा छ । त्यस्तै १ अंक जोडेको आयोजक बहराईन चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पुछारमा छ । नेपालले बुधबार अबेर राती नै बहराईनसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट