News संकटा र बीबीसीको बराबरी
गोलनेपाल

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगमा मिश्रित प्रदर्शन गरिरहेको गत संस्करणको उपविजेता संकटा क्लबले सोमबार बराबरी खेल्दै अंक बाँडेको छ ।

एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा संकटाले बिग्रेड ब्वाईज क्लब (बीबीसी) सँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । लिगकमा संकटाको यो तेस्रो बराबरी हो । खेलमा बीबीसीका गोलरक्षक बिशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

सोमबारको बराबरीपछि ७ खेलबाट २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक जोडेको संकटा लिगतालिकाको आठौं स्थानमा छ । उता बीबीसी भने ८ अंकका साथ नवौं स्थानमा छ ।

 

Post Comments