News
जावलाखेललाई हराउँदै पुलिस चौथो स्थानमा उक्लियो

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ विभागीय टोली नेपाल पुलिस क्लब अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स्मा भएको पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २–० ले हरायो । पुलिसका लागि पहिलो गोल २६औं मिनटमा सौजन याक्खाले गरे ।
त्यस्तै दोस्रो गोल भने ४७औं मिनटमा सुमन सुबेदीले गरे । विपक्षी गोलरक्षकको गल्तीको फाईदा उठाउँदै सुबेदीले हेडद्वारा सहज गोल गरेका थिए ।
खेलमा पुलिसका सौजन याक्खा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ७ खेलबाट ११ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै पराजित जावलाखेल भने छैटौं स्थानमा छ ।
Post Comments