
पोखरामा हुने मुख्य मन्त्री कप गण्डकी प्रदेशस्तरिय फुटबल प्रतियोगिता प्रतिकुल मौसम र जिल्ला छनोटको कारण सरेको छ ।
कास्की जिल्ला फुटबल संघ एन्फाको आयोजनामा पोखरामा माघ ४ गते देखि हुने भनिएको मुख्य मन्त्री कप फुटबल प्रतियोगिता ३ जिल्लाकाे छनोट तथा प्रतिकुल मौसमको कारण माघ ७ गते देखि हुने भएको हो ।
“हामिले म्याग्दी, पर्वत र मुस्ताङ्ग जिल्लालाइ पनि समेट्न लागेका छौ, त्यहाँ खेलाडी छनोट प्रक्रिया भएको हुनाले र मौसम प्रतिकुलको कारणले गार्दा खेल मिति सारेका छौँ” कास्की जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष मिलन गरुङ्गले भने ।
एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेशस्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो ।
लिग कम नक आउटका आधारमा संचालन हुने मुख्यमन्त्री कपमा जिल्लाका लिग बिजेता टिम स्याङ्जाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोर्खाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आदर्श क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबको सहभागीता रहने छ भने अब म्याग्दी, पर्वत र मुस्ताङ्ग जिल्लाले समेत सहभागीता जनाउने भएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैँया प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख रुपैँया प्राप्त गर्ने छ ।