News
युथ स्र्पोटिङलाई फ्रेण्डसशिप कपको उपाधि
काठमाडौं । युएईमा रहेका आप्रवासीहरुबीच सम्पन्न चौथो फिलिपिन्स–एसियन फ्रेण्डसशिप कप सिक्स ए साईड फुटबल प्रतियोगिताको उपाधि युथ स्र्पोटिङ क्लब, दुबईले जितेको छ ।
दुबई स्र्पोटस कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा नेपाली आप्रवासीहरु सम्मिलित युथ स्र्पोटिङले पिनोए एफसी, फिलिपिन्सलाई ३–१ ले हराउँदै उपाधि जितेको हो ।
विजयी खेलाडीहरुले उपाधिसहित आकर्षक गिफ्ट ह्याम्पर्सहरु हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार युथ स्र्पोटिङका क्रमशः सुरज हमाल र शंकर केसीले हात पारे ।
पिनोए फुटबल क्लब, युएईको आयोजनामा भएको एक दिने प्रतियोगितामा युएईमा रहेका आप्रवासी समुदायहरुको कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने