
काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र भारत प्रतिष्ठित एएफसी एसियन कपका लागि पाँचौं पटक छनौट हुन सफल भएको छ ।
एएफसी एसियन कप छनौटतर्फ समूह बी तर्फ मंगलबार बिहान भएको अन्तिम खेलमा प्यालेस्टाईनले फिलिपिन्सलाई ४–० ले हराएपछि समूह डी मा रहेको भारतले एक खेल खेल्नु अघि नै एसियन कपमा स्थान बनाएको हो ।
समूह डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ । समान अंक भएको हङकङ भने शिर्ष स्थानमा छ । सोही समूहमा रहेका अफगानिस्तान र कम्बोडिया बाहिरिएका छन् । मंगलबार प्यालेस्टाईनले फिलिपिन्सलाई हराएपछि कम्तीमा पनि दोस्रो उत्कृष्ट टोलीका रुपमा भारतको एसियन कपमा स्थान पक्का भएको थियो ।
अन्तिम खेलको समाप्ती पश्चात् समूह बी मा ४ अंकका साथ फिलिपिन्स दोस्रो स्थानमा छ । यस अर्थमा एक खेल खेल्न बाँकी छँदै फिलिपिन्सको भन्दा बढीे अंक भएपछि भारत भाग्यमानी सावित भएको हो ।
समूह चरणको अन्तिम खेलमा भारतले मंगलबार राती नै हङकङसँग खेल्दैछ । यो खेलको नतिजाले समूह डी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
स्मरण रहोस, भारत एसियन कपको इतिहास मै पहिलोपटक लगातार दुई संस्करणको एसियन कपका लागि छनौट भएको हो । यसअघि सन् २०१९ मा युएईमा सम्पन्न गत संस्करणको एएफसी एसियन कपमा पनि भारतले सहभागिता जनाएको थियो । त्यसबेला भारत समूह चरणबाटै बाहिरिएको थियो ।
एसियन कपको इतिहासमा भारतले उत्कृष्ट नतिजा भने सन् १९६४ मा हात पारेको थियो । त्यतिबेला फाइनलसम्म पुगेको भारतले उपाधि भिडन्तमा इजरायलसँग पराजित भएको थियो ।
🥳 HERE WE COME 🥳
— Indian Football Team (@IndianFootball) June 14, 2022
As Palestine 🇵🇸 defeat Philippines 🇵🇭 in Group 🅱️, the #BlueTigers 🐯 🇮🇳 have now secured back-to-back qualifications for the @afcasiancup 🤩#ACQ2023 🏆 #BackTheBlue 💙 #IndianFootball ⚽ pic.twitter.com/3aNjymWLSm