काठमाडौं । पूर्व फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षयकोषको स्थापना गरेकी छिन् ।
पूर्व खेलाडी तथा हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रेहेकी पेम्बाले आफुले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरि ३ लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् ।
उनले यस रकमबाट बार्षिक रुपमा ब्याज बापत प्राप्त रकम हरेक बर्ष महिला दिवस (मार्च ८)का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छिन् । यसका लागि उनले एक छनौट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएकी छिन् ।
यसरी सम्मान गर्नुको मुख्य उद्धेश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमा पु¥याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको बताईन् ।
उनले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जाने समेत जानकारी गराईन् । दुई दशकदेखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्रि ईन्स्ट्रक्टर समेत रहिसकेकी छिन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न