News
शुक्रबारदेखि दोस्रो मिल्स गोल्डकप (खेलतालिकासहित)
बिराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, बिराटनगरको आयोजनामा यहि चैत ११ गते शुक्रबारदेखि दोस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
बिराटनगर जुट मिल्स खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गोधुली क्लब, धरान र उर्लाबारी–११, मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि चैत १८ गतेका दिन हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगिताका सबै खेलहरु गोलनेपाल डटकममा प्रत्यक्ष प्रसारण समेत हुने छन् ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा