
काठमाडौँ । बार्सा नेपालले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सन् २०१४ मा स्थापना भएको बार्सा नेपालले वार्षिकोत्सव मनाएको हो ।
पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा क्लबले बिगतमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा भई आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष प्रकाश घर्तीले कोरोना भाइरसको महामारीको कारण फ्यान्स ग्यादरिङ्ग नियमित रुपमा गर्न नसकेको भन्दै अब यस कार्यले निरन्तरता पाउने जानकारी दिए ।
बार्सा नेपाल स्पेनिस फुटबल क्लब बार्सिलोनाको समर्थकहरुको समूह हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्लबले बार्सिलोना तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा बिभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ भने क्लबको फुटबल टिमले बिभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै