News
देवेन्द्र तामाङ उर्फ 'कान्छा दाइ'को कमब्याक !

फुटबल खेलका खेलाडीको प्राइम उमेर कतिलाई मान्न सकिन्छ ? कति उमेरसम्म या भनुँ कुन उमेरबाट चाहिँ कुनै पनि खेलाडीले आफ्नो उत्कृष्ट खेल खेल्न सक्छ ?
कुनै पनि खेलाडीले आफ्नो करियर कता तर्फ ढल्किएला भन्ने मेसो २०-२२ वर्ष बाटै पाउँछन् । कुनै खेलाडीहरु क्लब फुटबलमै सीमित हुन्छन् त कुनै खेलाडीले राष्ट्रिय टिममा पनि स्थान पाउँछन् । कुनै खेलाडी भने चाहिँ राष्ट्रिय टिममा परेता पनि दुर्भाग्यवश प्राय खेलमा बेञ्च खेलाडीमै सीमित हुन बाध्य हुन्छन् ।
देवेन्द्र तामाङ - पछिल्लो समय लगातार पहिलो एघारमा खेल्दै आएता पनी चोटग्रस्त हुँदा केही समय मैदान बाहिर रहन पुगे।
उनले विभिन्न क्लबहरूबाट प्रायः घरेलु प्रतियोगिताहरूमा मुख्य डिफेन्डरका रूपमा खेल्दै आफ्नो दबदबा कायम राखेका छन् । झापा -११, थ्री स्टार, च्यासल , मनाङ जस्ता उत्कृष्ट क्लबहरुमा खेलेर आफूलाई अब्बल साबित गरिसकेका देवेन्द्र हाल मछिन्द्र क्लबमा आबद्ध छन् । खेलमा एकदमै केन्द्रित मानसिकता, बलियो शारीरिक बनोट, बल खोस्न माहिर रहेका देवेन्द्रले आफ्नो पोजीसनलाई कायम राख्दै खेललाई बुझ्न सक्ने क्षमता राख्दछन् ।

घरेलु लिग तथा प्रतियोगिताहरूमा निकै राम्रो प्रदर्शन गरेता पनि उनको राष्ट्रिय टिमको करियर भने त्यसै अनुरूप हुन सकेन । उनको दुर्भाग्य भनुँ या त उनी भन्दा अब्बल खेलाडी भएर भनुँ , उनले ढिलो गरी राष्ट्रिय बाट खेल्न पाए। ।
उनी अहिले २८ वर्षका भइसकेका छन् । सुरुमा नेपाली राष्ट्रिय टिमको सुरुवाती ११ मा प्राय नपरेता पनि उनले हार भने मानेनन् । बरु अझ आफ्नो खेललाई कसरी अझै सुधार गर्न सकिन्छ भन्ने तिर लागे । पहिलो एघारमा खेल्न थाले पछी आफ्नो दरिलो खेल पस्कन थाले। बिडम्बना, उनी खेल दौरान घाइते हुन पुगे र लामो समय सम्म चोटग्रस्त भए ।
लामो समयसम्म चोटग्रस्त भएका देवेन्द्रले अब फेरि आफ्नो पुरानो फर्म फर्काउन नसक्लान् भन्ने धेरैलाई नलागेको होइन ।
लामो समयसम्म चोटग्रस्त भएका देवेन्द्रले अब फेरि आफ्नो पुरानो फर्म फर्काउन नसक्लान् भन्ने धेरैलाई नलागेको होइन ।
तर यस कुरालाई गलत साबित गर्दै उनी अहिले आफ्नो जीवनकै उत्कृष्ट फर्ममा छन् भन्दा फरक नपर्ला । यस सिजन मच्छिन्द्र क्लवले घरेलु लिगको आफ्नो ८ खेल खेलीसक्दा ७ खेलमा क्लिन सिट राख्दै लिगको शीर्ष स्थानमा रहेको छ जसमा देवेन्द्र तामाङको भूमिका निकै नै महत्त्वपूर्ण रहेको छ ।
क्लिन सिटको संख्या र खेलका दौरान उनले गर्ने गरेको निकै लोभलाग्दो बल वितरणले गर्दा मच्छिन्द्र क्लवले राम्रो प्रदर्शन गरिरहेको छ । यसको पछिल्लो उदाहरण हो मच्छिन्द्र क्लब विरुद्ध फ्रेन्ड्स क्लबको खेलमा उनी खेलको म्यान अफ द म्याच घोषित हुनु ।

यी कुराहरुबाट प्रष्ट हुन्छ कि देवेन्द्रले अब आगामी दिनमा राष्ट्रिय टिममा समेत आफ्नो दरिलो छाप छोड्ने छन् । प्रशिक्षक अब्दुल्लाहले उनलाई र उनको खेललाई पक्कै पनि नजिकैबाट निहालिरहेका छन् ।
आफ्नो प्राइम उमेरमा राष्ट्रिय टिममा पर्न नसके खेलजीवन बाटै हराउने र अन्य पेशा अपनाउने अथवा विदेश पलायन हुने नेपाली खेलाडी भन्दा फरक देवेन्द्रले यो उमेरमा लामो समय चोटग्रस्त भएर खेलमैदानबाट बाहिरिनु परेता पनि उनले देखाएको इच्छाशक्ति र समपर्ण निकै नै तारिफयोग्य रहेको छ जसका कारण अहिले उनले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने अब राष्ट्रिय टिममा समेत पुनरागमन गर्ने तरखरमा रहेका छन् ।
Post Comments