News
मौरिसस टिम शनिबार नेपाल आउँदै, नेपाल उड्नु अघि एक खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । नेपालसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्न मौरिससको राष्ट्रिय फुटबल टोली शनिबार नेपाल आइपुग्ने बताइएको छ । यद्यपि नेपाल प्रस्थान गर्नुअघि मौरिससको टोलीले पिसिआर परिक्षण गर्दा एक सदस्यमा कोरोना संक्रमण देखिएको मौरिसस एफएले जनाएको छ ।
पिसिआर परिक्षण गर्दा केभिन पेर्टिकोट्समा कोभिड–१९ पोजिटिभ देखिएको मौरिसस एफएले जनाएको छ । साथै केभिनको रिपोर्ट पोजिटिभ आएसँगै नेपाल भ्रमण गर्ने मौरिससको टोलीमा उनी सामेल हुने छैनन् । त्यस्तै अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको एफएले जनाएको छ ।
स्मरण रहोस, फिफाको इन्टरनेशनल ब्रेक अन्तरगत नेपाल र मौरिससबीचको खेल यहि जनवरी २९ तारीख र फेब्रुअरी १ तारीखका दिन हुने कार्यक्रम छ । जुन खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुने समेत तय भईसकेको छ ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न