
काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपालकै समूह बी मा रहेको इस्लामिक रिपब्लिक इरानले आफ्नो अन्तिम खेलमा आयोजक ताजिकिस्तानलाई ३–२ ले हराउँदै एएफसी यु–२३ एसियन कपका लागि छनौट भयो ।
दुशान्बे स्थित सेन्ट्रल रिपब्लिक स्टेडियममा सम्पन्न समूह बी को अन्तिम खेलमा इरानका लागि यासिन सलमानले ह्याट्रिक गरे । उता ताजिकिस्तानका लागि इस्लोम जोइरोव र एहसोनी पन्जसान्बेले एक–एक गोल गरे ।
समुह बी मा शतप्रतिशत जित निकालेको इरान ३ खेलबाट ९ अंकका साथ शिर्ष स्थानमा रह्यो र उज्वेकिस्तानको टिकट काटुन सफल भयो । त्यस्तै ६ अंक जोडेको ताजिकिस्तान समूह बी को दोस्रो स्थानमा छ र उसको पनि उत्कृष्ट दोस्रो स्थान हासिल गरेर अनितम चरणका लागि छनौट हुने सम्भावना कायम छ ।
त्यस्तै तीन अंक जोडेको लेबनान र अंकविहीन नेपाल भने समूह बी बाट बाहिरिएका छन् । नेपालले आफ्नो अन्तिम खेलमा पनि लेबनानसँग ४–० ले पराजित हुन पुगेको थियो । नेपालले खेलेको तीन खेलमा कुल १४ गोल खाएको थियो भने विपक्षी विरुद्ध एउटै गोल गर्न पनि असफल भएको थियो ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध