
काठमाडौ । एएफसी यु–२३ एसियन कप छनौटतर्फ आफ्नो अन्तिम खेलमा पनि नेपाली यु–२३ फुटबल टोली पराजित भएको छ । प्रतिष्ठाको भिडन्तका रुपमा हेरिएको खेलमा आइतबार नेपालले लेबनानको यु–२३ फुटबल टोलीसँग ४–० ले पराजित भएको हो ।
छनौट प्रतियोगिता अन्तरगत नेपालको यो लगातार तेस्रो हार हो । नेपालले यसअघि बलियो इरानसँग ४–० तथा आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । उता लेबनानले पनि आफ्नो पछिल्ला दुई खेलमा इरान र ताजिकिस्तानसँग हार बेहोरे तापनि नेपाललाई हराएर प्रतियोगिताको सुखद समापन गरेकोे छ ।
स्मरण रहोस, नेपालले खेलेको समूह चरणतर्फ तीन खेलहरुमा एउटै गोल नगरी १४ गोल खाएर प्रतियोगिताबाट बाहिरिन पुगेको छ । साथै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका नेपाल र लेबनानबीच आजको खेल प्रतिष्ठाको भिडन्त पनि थियो । जसमा लेबनानले बाजी मार्न सफल भएको छ ।
समूह बी तर्फ आइतबार आयोजक ताजिकिस्तान र इरान अबेर राती भिड्दै छन् ्। यी दुई टोलीबीचको खेलको नतिजाले नै आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप खेल्ने एक टोलीको टुंगो लाग्नेछ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध