News जावलाखेल युथ क्लबद्वारा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
गोलनेपाल
जावलाखेल युथ क्लव ललितपुरद्वारा नेपाली हरुकाे महान चाड  बिजयादशमी शुभ दिपावली- २०७८  नेपाल सम्वत ११४२ लगायत का पर्वहरुको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे  छ ।

कार्यक्रममा, पुर्व पर्यटन मन्त्री ओमकार प्रसाद श्रेष्ठ, पुर्व सभासद तथा नेपाली कांग्रेस ल पु का सभापति मदन बहादुर अमात्य, पुर्व सभासद राम कृष्ण चित्रकार, ललितपुर महानगरपालिका प्रमुख चिरबाबु महर्जन , उप प्रमुख गिता सत्याल, ललितपुर ४ का वडा अध्यक्ष नारायण के सि, ललितपुर १३  का अध्यक्ष गणेश के सि, तरुण दलका अध्यक्ष जित जंग बस्नेत र स्थानीयबासि हरुकाे उपस्थिति रहेकाे थियाे ।

शुभकामना कार्यक्रममा क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले शुभकामना मत्यव्य राख्नु भएकाे थियाे भने सचिव कविर बस्नेतकाे  संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Post Comments