
काठमाडौं । कोभिड–१९ महामारीले थलथल परेको नेपाली फुटबल र फुटसल गतिविधीले विस्तारै लय समाउँदैछ । नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैंले यसमा थप उत्साह पनि थपिरहेको छ ।
यसैबीच खेलकुदमा व्यस्त रहने काठमाडौंमा दशैं कै अवसर पारेर फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल स्टार युवा क्लबको आयोजनामा यहि असोज २३ गतेदेखि छैठौं दशैं कप खुला फुटसल प्रतियोगिता शुरु हुने भएको हो ।
कागेश्वरी मनोहरा–१ स्थित आयोजकको आफ्नै फुटसल एरिनामा हुने प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक संजय खड्काले बताए ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार तोकिएको र टिम दर्ताका लागि अन्तिम मिति यहि असोज २२ गतेस्म्म रहेको संयोजक खड््काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई २५ सय नगद सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित २० टोलीहरुले सहभागिता जनाउने संयोजक खड्काले बताए ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै