
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपाली खेलाडीहरुका लागि राम्रो सिक्ने अवसर रहेका बताएका छन् ।
बंगलादेश विरुद्धको मैत्रीपुर्ण फुटबल म्याच अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिने क्रममा नेपाली टोलीका अष्ट्रेलियायी प्रशिक्षक फिलिप्सले सो कुराको उल्लेख गरेका हुन् ।
एएफसी वुमन्स एसियन कपको छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसकै तयारीका लागि बंगलादेशसँग बिहीबार र आइतबार मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ ।
पत्रकार सम्मेलनमा बोल्दै फिलिप्सले नेपालका खेलाडीहरुले बंगलादेश विरुद्धको खेलमा राम्रो सिक्ने र अनुभव हासिल गर्ने र त्यसलाई एसियन कप छनौटमा थप सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताए ।
साथै उनले नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारीको पनि चर्चा गरे । फिलिप्सका अनुसार साबित्रा चोटिल भएकाले टिममा नपरे तापनि अहिले नेपाली टोलीमा राम्रा खेलहरु पनि रहेको बताए । त्यस्तै बंगलादेश विरुद्ध खेल्न आफ्नो टोली तयार रहेको पनि उनले स्पष्ट पारे ।
स्मरण रहोस, नेपालले एएफसी वुमन्स एसियन कप छनौटतर्फ समूह एफमा बलियो फिलिपिन्स र हङकङसँग खेल्ने कार्यक्रम छ । जुन खेलहरु उज्वेकिस्तानमा हुने एन्फाले जानकारी दिएको छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)